२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

प्रतिनिधिसभाको बैठकको मिति सर्यो

बुधवार , आषाढ १०, २०८३

काठमाडौँ । प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ ।     

  सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले आज एक सूचना जारी गरेर सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम असार १२ गते शुक्रबार दिउँसो १ः०० बजेका लागि बैठक तोकेको जानकारी दिएका हुन् । 

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ । राष्ट्रियसभाको बैठक भने पूर्वनिर्धारित असार ११ गते नै बस्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट