२०८३, आषाढ १५ गते

सोमवार, आषाढ १५ गते २०८३

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदहरुको आग्रह

सोमवार , आषाढ १५, २०८३

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम बनाउन सरकारसँग आग्रह गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उनीहरुले कृषिलाई प्राथमिकता दिने गरी नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद दुर्गा गुरुङले सरकारलाई गरिब, सीमान्तकृत र भूमिहीनको हकहितलाई ध्यानमा राखेर कार्यक्रम ल्याउन सुझाव दिए ।

सांसद नरबहादुर विष्टले विश्वविद्यालयका उपकुलपति नियुक्ति पारदर्शी हुनुपर्ने बताए । सांसद सम्झना देवकोटाले धान र बीउमा आत्मनिर्भर रहने वातावरण बनाउन माग गरिन् ।

सांसद मोहम्मद खालिदले होल्डिङ सेन्टरका विषयमा उठेको प्रश्नलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद विष्णुकुमारी सापकोटाले कुनै पनि राजनीतिक दलले बालबालिकालाई दलको सदस्यता दिनु वा प्रयोग गर्नु उचित नहुने धारणा व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट