२०८३, आषाढ १६ गते

मंगलवार, आषाढ १६ गते २०८३

धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण क्रियाकलापमा वित्तीय लगानी निवारणबारे तालिम सञ्चालन गर्ने

मंगलवार , आषाढ १६, २०८३

नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग सम्बन्धित टार्गेटेड फाइनान्सियल स्यांक्सन बारे सूचक संस्थाका कर्मचारीलाई तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले पदबहाली गर्दै उक्त निर्णय गरेका हुन्। 

यसबाट सूचक संस्थामा एएमएल-सीएफटी-सीपीएफसम्बन्धी अवधारणा तथा बुझाइको क्षमता अभिवृद्धि हुने र नेपालको इफेक्टिभनेस रेटिङको इमिडियट आउटकम १० र ११ मा सुधार भई ग्रे लिस्टबाट बाहिर निस्किन सहयोग पुग्ने अपेक्षा रहेको बोर्डले छ। 

भट्ट गत ५ गते मन्त्रिपरिषद्को निर्णयबाट अध्यक्ष नियुक्त भएका थिए। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट पद तथा गोपनीयताको शपथ लिएपछि बोर्डमा पदबहाली गरेका हुन्। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट