काठमाडौं । राष्ट्रियसभा बैठकमा नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकको बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बालेन सरकारको क्रूरताका कारण मुगुका गणेश नेपालीले आगोमा जल्नुपरेको भन्दै प्रधानमन्त्री शाह नैतिकताको आधारमा कुर्सीमा बस्न नमिल्ने बताए ।
उनले जलिरहेको मान्छेलाई घिसारेर, अपराधी झैं हस्पिटल पुर्याइएको र त्यहाँ भएका पुलिसहरू गणेश नेपाली आगोमा जलिरहँदा भागेको बताए ।
सांसद विश्वकर्माले उसलाई अपराधी झैं घिसारेर लग्ने ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस