२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव १३ अङ्कले ओरालो लागेर दुई हजार छ सय दशमलव ६८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शूल्य दशमलव ५८ अङ्कले ओरालो लागेर चार सय ५३ दशमलव ६० मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शूल्य दशमलव १५ अङ्कले एक सय ७८ दशमलव ५२ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव १९ अङ्कले घटेर एक सय ५३ दशमलव ४७ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड छ लाख ६० हजार ५३७ कित्ता सेयर रु छ अर्ब ८६ करोड सात लाख १८ हजार ६५८ मूल्यमा खरिदबिक्री भएको छ । आज १३ उपसमूहमध्ये सात उपसमूह मूल्य घट्यो भने छ उपसमूह बढ्यो ।

आज १२० कम्पनीको सेयर बढ्यो भने १३५ कम्पनीको सेयर घट्यो । नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कुमारी इक्युटी फण्ड, कलङ्गा हाइड्रो कम्पनीका लगानीकर्ताले कमाएका छन् भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआइबिएल स्टेवल फन्ड र सिटिजन बैंक डिबेञ्चरलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट