२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

मन्त्री यादब र युएईका वैदेशिक व्यापार मन्त्रीबीच भेट, नेपालमा लगानी गर्न युएई तयार

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र संयुक्त अरब इमिरेट्स (युएई) का वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जियोडीबीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। 

दुई देशका मन्त्री तथा उच्च अधिकारीहरू सम्मिलित उक्त बैठकमा द्विपक्षीय व्यापार, लगानी र सहकार्यका विविध आयामबारे बृहत् छलफल भएको हो।

भेटका क्रममा युएईका मन्त्री डा. थानीले नेपालको नयाँ सरकारप्रति भरोसा व्यक्त गर्दै युएई नेपालका विभिन्न औद्योगिक क्षेत्रमा लगानी गर्न पूर्ण रूपमा तयार रहेको बताए। उनले लगानीको वातावरण सहज बनाउँदै सहकार्यको बाटो खोल्न मन्त्री यादवसमक्ष अनुरोध समेत गरे।

कृषि र रेलवे क्षेत्रमा विशेष चासो :

युएईले विशेष गरी नेपालको कृषि क्षेत्रमा लगानी गर्न विशेष रुचि देखाएको छ। मन्त्री डा. थानीले कृषि परियोजनाहरूमा लगानीका लागि सहजीकरण गरिदिन आग्रह गरे। यसै गरी, युएईबाट आएका उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यहरूले नेपालको रेलवे (रेल वयर) क्षेत्रमा निजी क्षेत्रको तर्फबाट लगानी गर्ने इच्छा व्यक्त गर्दै यसका लागि कानुनी एवं व्यावहारिक सहजताको अपेक्षा राखेका छन्।

WhatsApp Image 2026-07-10 at 3.21.29 PM.jpeg

आईटी र डाटा सेन्टर स्थापनाको योजना :

नेपालका लागि युएईका राजदूतसहित सहभागी भएको उक्त जम्बो टोलीले नेपालको सूचना प्रविधि (IT) क्षेत्रमा ठुलो सम्भावना देखेको बताएको छ। युएई सरकारले नेपालमा   हरित डाटा सेन्टर स्थापना गर्ने सोच बनाएको र यसका लागि आवश्यक लगानी भित्र्याउन आफुहरू तयार रहेको जानकारी गराएको छ।

कृषि उत्पादको निर्यात र गुणस्तर मापनमा सहयोग :

नेपालमा उत्पादन हुने फलफूल तथा तरकारी जस्ता कृषि उपजहरूलाई युएईमा निर्यात गर्ने सम्बन्धमा दुवै देशबीच आपसी सहमति कायम गर्ने प्रतिबद्धता जनाइएको छ। नेपाली उत्पादनको निर्यातलाई सहज बनाउन खाद्य गुणस्तर निर्धारण र स्टान्डर्डाइजेसन (प्रमाणीकरण) का क्षेत्रमा आवश्यक लगानी र प्राविधिक सहयोग गर्न युएई पक्ष सकारात्मक देखिएको छ।

व्यापार मञ्च विस्तारको प्रस्ताव :

भेटवार्ताका क्रममा उद्योग मन्त्री गौरिकुमारी यादवले नेपाल र युएईबीचको व्यापार मञ्च (Business Forum) लाई थप विस्तार र सुदृढ गर्न विशेष प्रस्ताव राखेकी थिइन्। युएई पक्षले यस प्रस्तावलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा यसबारे थप ठोस छलफल अघि बढाउने बताएको छ।

साथै, मन्त्री यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान सञ्चालन गर्न तयार भएकोमा युएई सरकारलाई विशेष धन्यवाद समेत ज्ञापन गरिन्। यस उच्चस्तरीय भेटवार्ताले आगामी दिनमा नेपालमा वैदेशिक लगानी भित्र्याउन र दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

WhatsApp Image 2026-07-10 at 3.21.31 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट