२०८३, आषाढ २९ गते

सोमवार, आषाढ २९ गते २०८३

जेन्जी आन्दाेलनमा जलेकाे विराटनगरको भाटभटेनी सुपरमार्केट १० महिनापछि पुनः सञ्चालनमा

आइतवार , आषाढ २८, २०८३

भदौ २४ मा  लुटपाट, तोडफोड र आगजनीपछि ध्वस्त बनेको विराटनगरको भाटभटेनी सुपरमार्केट १० महिनापछि पुनः सञ्चालनमा आएको छ।

लामो समय लगाएर भएको  पुनर्निर्माणपछि शनिबारबाट सुपरमार्केट  पुनः सञ्चालनमा आएको हो।

तीन सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको भाटभटेनीको विराटनगर आउटलेट सञ्चालनमा आएकै दिन ग्राहकको घुइँचो लागेको छ।

भाटभटेनीकी निर्देशक सावित्री घले गुरुङले सञ्चालनको सम्पूर्ण तयारी पूरा गरेर ग्राहकलाई नियमित सेवा दिन थालिएको बताएकी छन्।

उनका अनुसार जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका भाटभटेनीका स्टोरमध्ये पुनः सञ्चालनमा आएको  विराटनगर आठौं स्टोर हो।

यसपछि झापाको बिर्तामोडस्थित सुपरमार्केट सञ्चालनमा आउने निर्देशक गुरुङले बताइन्। कर्मचारी र मजदुरहरूले मौरीले जस्तो काम गरेर भाटभटेनी फेरि खडा भएको गुरुङले बताइन्।

742800235_1235063958658263_104472285152586580_n.jfif

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभर भाटभटेनीका २८ शाखामध्ये १२ वटा आगजनीबाट नष्ट भएका थिए भने अन्य ९ वटा शाखामा  तोडफोड, लुटपाट र क्षति पुगेको थियो।

कम्पनीका अनुसार त्यस घटनाबाट करिब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो। त्यस कठिन परिस्थितिमा पनि कम्पनीले कुनै पनि कर्मचारी कटौती नगर्ने  र सबै प्रभावित शाखा पुनर्निर्माण गर्ने निर्णय गरेको थियो।

आगलागीमा विराटनगरस्थित भाटभटेनीका अधिकांश संरचना, उपकरण, विद्युतीय प्रणाली, फर्निचर र बिक्रीका सामग्री पूर्ण रूपमा नष्ट भएका थिए।

त्यसपछि नयाँ डिजाइन, आधुनिक सुरक्षा मापदण्ड, अत्याधुनिक विद्युतीय प्रणाली तथा ग्राहकमैत्री संरचनासहित पुनर्निर्माणको काम सुरु गरिएको थियो।744028309_1956048211774518_3685967653127325784_n.jfif

निर्माण अवधिभर करिब ३०० जना मजदुर, प्राविधिक र कर्मचारी निरन्तर खटिएका थिए। उनीहरूको निरन्तर मेहनतले करिब १० महिनामै स्टोर पुनः सञ्चालनयोग्य बनेको हो ।  विराटनगर भाटभटेनी पुनर्निर्माणमा दिनरात खटिएका  मजदुरलाई भाटभटेनीले खादा ओढाएर नगदसहित सम्मान पनि गरेको थियो। 

काठमाडौंको भाटभटेनी क्षेत्रबाट सानो किराना पसलका रूपमा सुरु भएको भाटभटेनी अहिले नेपालको सबैभन्दा ठूलो  व्यापारिक सञ्जाल बनेको छ। कम्पनीका देशभर २८ शाखा छन् र १० हजारभन्दा बढी कर्मचारी कार्यरत छन्।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार