स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाक सार्वजनिक गरेको छ।
कम्पनीका उच्च पदाधिकारी, व्यावसायिक साझेदारलगायतको उपस्थितिमा स्कोडा शोरुममा नयाँ गाडी सार्वजनिक गरिएको हो।
नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरे।
१.० लिटर र १.५ लिटर टीएसआई इन्जिन विकल्पमा नयाँ कुशाक उपलब्ध भएको छ। यो एसयूभी ८-स्पिड अटोमेटिक ट्रान्समिसन तथा डीएसजी ट्रान्समिसनले सुसज्जित छ। यसले उत्कृष्ट नियन्त्रण र सहज प्रतिक्रिया प्रदान गर्दै वास्तविक ड्राइभिङको आनन्द दिने कम्पनीको दाबी छ। कुशाकमा उत्कृष्ट इन्जिनियरिङ र आरामलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले उल्लेख गरेको छ।
युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभी ५७ लाख ९० हजारदेखि उपलब्ध छ। यसमा देशभरका १२ वटै सेवा केन्द्रबाट वार्षिक मर्मतसम्भार योजना पनि उपलब्ध छ। यसमा कुनै लुकेका शुल्कहरू छैनन् भने हरेक १२ महिना वा १२ हजार किलोमिटरमा केवल १२ हजार रुपैयाँको निश्चित शुल्क लाग्ने व्यवस्था गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विष्णु कुमार अग्रवालले कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याएको बताए। यद्यपि नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य नबनाएको उनको दाबी छ।
त्यसैगरी रौनक अग्रवालले यो गाडी उत्कृष्ट ड्राइभिङ अनुभव चाहने व्यक्तिहरूका लागि बनाइएको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस