२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

काठमाडौं उपत्यकाबाट २४ घण्टामा ६४ शंकास्पद व्यक्ति नियन्त्रणमा, २९ फरार प्रतिवादी पनि समातिए

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई लक्षित गरी प्रहरीले चलाएको विशेष निगरानीका क्रममा पछिल्लो २४ घण्टामा ६४ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उपत्यकाका तीनवटै जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिइएकामध्ये काठमाडौंबाट ५२ जना, ललितपुरबाट ६ जना र भक्तपुरबाट ६ जना रहेका छन् । उनीहरूमाथि प्रहरीले निगरानी बढाएर सोधपुछ तथा आवश्यक छानबिन अघि बढाएको छ ।

यसैगरी, सोही अवधिमा प्रहरीले विभिन्न आपराधिक तथा देवानी मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका तथा फरार सूचीमा रहेका २९ जना प्रतिवादीहरूलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका फरार प्रतिवादीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला अदालतहरूमा बुझाउने तयारी भइरहेको छ भने नियन्त्रणमा लिइएका अन्य शंकास्पद व्यक्तिहरूमाथि पनि सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट