२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

आयल निगमको निर्णय :  अब ‘फुल’ ग्यास सिलिन्डर वितरण हुने

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति र वितरणलाई सहज बनाउन २०८३ साउन १ गते (२०२६ जुलाई १६) देखि अर्को निर्णय नभएसम्म १४.२ केजी क्षमताको ग्यास सिलिन्डर पूर्ण रूपमा भरेर बिक्री–वितरण गर्ने निर्णय गरेको छ। निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

निगमका अनुसार भारतका विभिन्न बोटलिङ प्लान्ट र रिफाइनरीबाट एलपी ग्यासको आपूर्ति क्रमशः बढ्दै गएको तथा बजारमा १४.२ केजी ग्यास सिलिन्डरको माग उच्च रहेकाले पूर्ण क्षमतामा ग्यास भरेर वितरण गर्ने व्यवस्था मिलाइएको हो। यसअनुसार १४.२ केजी ग्यास भरेको सिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ कायम गरिएको छ।

यद्यपि केही समयसम्म ७.१ केजी ग्यास सिलिन्डरको व्यवस्था पनि यथावत् रहने निगमले जनाएको छ। ७.१ केजी सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नभएसम्म बजारको आवश्यकता अनुसार ७.१ र १४.२ केजी दुवै क्षमताका सिलिन्डर बिक्री–वितरण गरिने निगमले स्पष्ट पारेको छ। उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न पनि आग्रह गरिएको छ।

निगमले हाल भारतीय आयल कर्पोरेसनबाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेको भन्दै बजारमा कृत्रिम अभाव सिर्जना नगर्न र अनावश्यक मौज्दात नगर्न उपभोक्तासँग अनुरोध गरेको छ। केही महिनाअघि पश्चिम एसियामा देखिएको आपूर्ति अनिश्चितताका कारण निगमले ७.१ केजी ग्यास वितरणको व्यवस्था लागू गरेको थियो।

gas_full.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट