logo

२०८१ पुष १५ सोमबार

logo
  • सोमबार, १५ पुष २०८१
  • एउटै मञ्चमा एमाले नेताको फरक मत : १० बुँदे कार्यान्वयन नहुने !

    एउटै मञ्चमा एमाले नेताको फरक मत : १० बुँदे कार्यान्वयन नहुने !

    1.9K
    Shares

    काठमाडौं । नेकपा एमालेका नेताहरुले एउटै मञ्चमा पार्टीको धारणामा समेत फरक मत राखेका छन् । नेकपा एमाले काठमाडौं जिल्ला भेला तथा प्रशिक्षणलाई बिहीबार सम्बोधन गर्ने नेताहरुको मतमा सैद्धान्तिक रुपमै फरक मत आएको हो । 

    सभालाई सम्बोधन गरेकी एमाले उपाध्यक्ष एवं  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टीलाई जेठ २ कै अवस्थामा फर्काएर अगाडि बढ्नु पर्ने धारणा राखेकी थिइन् । उनले अध्यक्ष केपी ओलीलाई हठ त्याग्न अनुरोध गर्दै एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी ) पार्टी गठन गरेका वरिष्ठ नेता माधवकुमार नेपाललाई एमालेमै फर्कन आग्रह गरिन् । तर अन्य नेता शाक्य भन्दा फरक रुपमा देखिए । 

    महासचिव ईश्वर पोखरेलले सभालाई सम्बोधन गर्ने क्रममा जेठ २ मा फर्किने कुरालाई यान्त्रिक ढंगले नबुझ्न आग्रह गरे । पोखरेलले आजको एमाले माओवादीसँगको एकता प्रक्रियासहितको पार्टी भएको र ‘जेठ २ लाई राजनीतिक र कानुनी मर्मका आधारमा बुझ्नु पर्ने बताए । उनले आजको एमाले २०७५ जेठ २ अघिको एमालेमात्र नभएर विकसित एमाले भएको भन्दै जेठ २ सबै हिसावले मान्य नहुने धारणा राखेका थिए । 

    यता नेता रामबहादुर थापाले एमालेबाट छुट्टिएको माधवकुमार नेपाल पक्षलाई ‘दक्षिणपन्थी समूह’ को संज्ञा दिए । बादल अघि बोलेकी शाक्यले पार्टी बनाउन माधव नेपालको ठूलो योगदान रहेको भन्दै माधव नेपाललाई एमालेमै फर्कन आग्रह गरेकी थिइन् । शाक्य अन्तिममा माधव पक्षलाई छोडेर ओली पक्षमा लागेकी हुन् । 

    अन्तिममा बोलेका पार्टी अध्यक्ष केपी ओलीले शाक्यलाई लक्षित गर्दै माधव नेपाल एमालेमा फेरि पार्टी फुटाउन फर्कने हो? भन्दै प्रश्न गरेका थिए । अधिकांश समय नेपाल पक्षको कटाक्ष गर्न खर्चिएका ओलीले नेपाललाई झिँगाको संज्ञा दिए । कार्यकर्तालाई नेपालको पछाडि नलाग्न अनुरोध गर्दै ओलीले भने, ‘मौरीको संगत गरे फुलबारीमा पुगिन्छ । झिँगाको संगत गरे फोहोरको डंगुरमा पुगिन्छ ।’ 

    एमाले १४ महिनापछि नौमती बाजा बजाएर सिंहदरबार पस्छ

    १० बुँदे सहमतिपछि एमाले हुन पाउँदा खुसी भएँ : शाक्य

    फेरि सत्तामा  एमालेको नेतृत्व स्थापित गछौँ 

    रोग फैलाउनेका पछाडि नलाग्नुहोस्..

    बादलको प्रश्न : मदन–आश्रितको हत्या किन भयो ?

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend