logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • गत वर्ष राष्ट्रपति भण्डारी र तत्कालिन प्रधानमन्त्री ओलीले उद्घाटन गरेको मेलम्ची फेरी प्रधानमन्त्री देउवाले उद्घाटन गर्दै

    गत वर्ष राष्ट्रपति भण्डारी र तत्कालिन प्रधानमन्त्री ओलीले उद्घाटन गरेको मेलम्ची फेरी प्रधानमन्त्री देउवाले उद्घाटन गर्दै

    10.3K
    Shares

    काठमाडौँ – गत वर्ष चैत्र २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेर काठमाडौँका धारामा बाड्न शुरु भैसकेको मेलम्ची खानेपानी आयोजनाको उद्घाटन फेरी प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन्।

    राष्ट्रपति भण्डारीले गत बर्ष काठमाडौंको भृकुटीमण्डपमा निर्मित ढुंगेधारा खोलेर मेलम्ची पानी वितरणको औपचारिक उद्घाटन गरेकी  हुन्।  सो उद्घाटन समारोहमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थित थिए।

    उद्घाटन भैसकेको आयोजनालाई आउँदो मङ्गलवार फेरि प्रधानमन्त्री  देउवाले दोहोर्याएर उद्घाटन गर्न लागेका हुन्।

    प्रधानमन्त्री  देउवाले चैत २९ गते सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

    खानेपानी मन्त्रालयले प्रधानमन्त्री  देउवाले उद्घाटन गर्ने योजनाको सम्पूर्ण सफाइलाई तीब्रता दिएको छ।   ।

    एक वर्षअघि २०७७ साल चैत १५ गतेदेखि परीक्षणका रूपमा काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो ।लगत्तै २० गते राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची आयोजनाको उद्घाटन गर्नुभएको थियो । तर गएको असार एक र साउन १७ गतेको बाढीले आयोजनामा क्षति गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend