logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    सुन आयातको कोटा बढ्यो, अबदेखि दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने

    सुन आयातको कोटा बढ्यो, अबदेखि दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने

    2.7K
    Shares
    सुन आयातको कोटा बढ्यो, अबदेखि दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ । हाल दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएको अबदेखि दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको हो ।

    बुधबार केन्द्रीय बैंकले सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

    सोही व्यवस्थामा केन्द्रीय बैंकले दैनिक सुन आयातको कोटा अनुसार एक महिनामा आयातित सुनको कोटा अनुसार अपुग भए अर्को महिना थप ल्याउन नपाइने तर सोही महिनाको एक दिनको अपुग परिणाम अर्को दिन थप ल्याउन पाउने व्यवस्था समेत गरेको छ ।

    हाल राष्ट्र बैंकको अधीनमा रहेर वाणिज्य बैंकहरुले मात्र सुन आयात गरिरहेका छन् । यद्यपि यसअघि नै दैनिक सुन आयातको कोटा दैनिक २० केजी रहेपनि घट्दो रेमिटेन्स र बढ्दो आयातका कारण विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै केन्द्रीय बैंकले फागुन, २०७८ मा सुन आयातको कोटामा ५० प्रतिशतले कटौती गर्दै १० किलोमा झारेको थियो । तर, पछिल्लो समय विदेशी मुद्राको सञ्चितिसँगै सुनको मागमा वृद्धि भएकाले कोटा वृद्धि गरिएको केन्द्रीय बैंकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend