logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • बेलायतमा फेरि बढ्न थाले काेराेना संक्रमित, एकै दिनमा थपिए तीस हजार बढी

    बेलायतमा फेरि बढ्न थाले काेराेना संक्रमित, एकै दिनमा थपिए तीस हजार बढी

    5K
    Shares

    एजेन्सी ।  बेलायतमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांकअनुसार यहाँ एकै दिनमा ३० हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । 

    यहाँको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार गएको बुधबार ३० हजार ५९७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सङ्क्रमित हुनेको संख्या अघिल्लो हप्ताको तुलनामा निकै बढी हाे । 

    हालसम्म बेलायतमा कुल सङ्क्रमितको संख्या ७३ लाख १२ हजार ३७१ पुगेको छ । यहाँ केही दिनयता खुकुलो गरिएको लकडाउनपछि सङ्क्रमित संख्या दैनिक उकालो लाग्दै गएको हो । 

    पछिल्ला केही दिनमा बेलायतमा दैनिक मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको पाइएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ३४ हजार भन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend