logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • चीनसँग खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप आइपुग्दै

    चीनसँग खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप आइपुग्दै

    3.6K
    Shares

    काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याइँदै छ । शुक्रबार दिउँसो २ बजे खोप आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । 

    निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि बिहीबार राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको बताए ।

    पोखरेलका अनुसार सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

    भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुने भएकाले एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर, अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएकोले ४४ लाख डोज ल्याउन सकिने भएको हो । 

    नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend