काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक आज बिहानदेखि बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिच छलफल सुरु भएको प्रधानमन्त्री दाहालको सचिवालले जनाएको छ ।
समसामयिक राजनीतिका विषयमा छलफल केन्द्रित रहने बताइएको छ ।
तर, भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेताहरुकै संलग्नताको आशंकामा अनुसन्धान भइरहेका बेला तीन प्रमुख नेताबीचको लगातारको भेटवार्तालाई बिशेष अर्थपूर्ण रुपमा हेरिएको छ ।