काठमाडौँ । भारतमा जारी १४ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
अखिल नेपाल फुटबल सङ्घका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सो खेल बैंगलोरस्थित कांतिराव स्टेडियममा दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ। साबिक उपबिजेता नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट भने बाहिरिइसकेका छन् ।