शनिबार, चैत्र २ २०८१

शनिबार, चैत्र २ २०८१

सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको छः सांसद शर्मा

सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको छः सांसद शर्मा

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको आईतबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूसहितका धेरै सांसदहरले बारम्बार संसदमा जाजरकोटको भूकम्पबाट भएको क्षति र त्यसको पुनःनिर्माणबारे ध्यानाकर्षण गराएपनि सरकारले अहिलेसम्म पुनःनिर्माण गर्न र पीडितलाइ सुरक्षित बासस्थानमा सार्न नसकेको बताए ।

उनले दोस्रो किस्ताको वितरण नभएको बताए । उनले सरकारबाट भएको ढिलासुस्तीबाट जनता समस्यामा परेको बताए । आफैँ निर्माण शुरु गरेका केही नागरिकहरुले निर्माण सामग्रीको अभाव, कामदार अभाव लगायतको समस्या झेल्नुपरेको बताए ।

उनले असथायी आवास निर्माणको स्थिति हेर्दा पुनः निर्माणमा झन ढिलाइ हुने स्थिति रहेको बताए ।

उनले भने, ‘विशेष गरेर धेरै पटक यो संसदमा उठाइसकेको, उठिसकेको र अहिले झन्डै दुई तिहाईको नजिक रहेको सरकार यो बहुमतको ट्याब्लेट खाएर निदाइरहेको स्थिति छ । फेरि म जाजरकोट भूकम्पको बारेमा आफ्ना भनाइ राख्दछु । हामी १७ औं अधिवेशनको संघारमा छौँ । सदनमा धेरै पटक भूकम्पका विषयमा कुरा उठिरहेको छ ।

सरकारले सच्याउने मेहनत गर्दैन । विगत कार्तिक १७ गते राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोटमा ४८ हजार ५ सय १६, रुकुम (पश्चिम) मा ३४ हजार ९९७, सल्यानमा ४ हजार ४०७ घरमा क्षति पुगेको स्थिति छ ।’

सांसद शर्माले सरकारले दिएको रकमले २ कोठा पनि बनाउन नमिल्ने बताए । सरकार पुनःनिर्माण कार्यविधि समेत हचुवाको भरमा बनाएको आरोप लगाए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend