
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले देशमा इमान्दारिताको खडेरी लागेको बताएका छन् ।
आईतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा इमान्दारिता आवश्यक रहेको बताए । उनले देशलाई अगाडि बढाउन र समृद्धि ल्याउन उद्योगधन्दा, कलकारखाना विकास हुनुपर्ने बताए ।
उनले नेपालमा कलकारखाना, उद्योधन्दाहरुलाई हतोत्साही गर्ने प्रवृत्ति देखापरेको बताए ।
उनले भने, ‘इमान्दारिताको खडेरी यो देशमा परेको छ । इमान्दारी चाहियो । देशलाई अगाडि बढाउने हो भने, निश्चित रुमपा समृद्धि ल्याउने हो भने, निश्चित रुपमा उद्योगधन्दा, कलकारखाना विकास हुनु पर्दछ । तर हाम्रो देशमा त्यस्तो भएको छैन । कलकारखानाहरुलाई, उद्योधन्दाहरुलाई हतोत्साही गर्ने प्रवृत्ति यो देशमा देखापरेको छ ।’
उनले माओवादीले गरेको आन्दोलन राजनीतिक घटनाक्रम भएको बताए । उनले माओवादी जनयुद्ध पनि राजनीतिक गतिविधि भएको बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend