शनिबार, चैत्र २ २०८१

शनिबार, चैत्र २ २०८१

राजनीति बरालिएका कारण मुलुकले विकासको ट्र्याक समात्न सकेन : जनार्दन शर्मा

राजनीति बरालिएका कारण मुलुकले विकासको ट्र्याक समात्न सकेन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद जनार्दन शर्माले मिसन २०८४ भन्दै राजनीतिक दलहरुले जनतालाई ठगिरहेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन् । उनले छिमेकी देशहरु विकास निर्माणको तिब्र गतिमा अघि बढिरहँदा राजनीतिक दलहरुको सोच र मानसिकताको कारणले अगाडि बढ्न नसकेको बताए । उनले राजनीति बरालिएका कारण मुलुकले विकासको ट्र्याक समात्न नसकेको बताए ।

उनले मिसन २०८४ नभई मिसन सुशासन र आर्थिक विकास हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय यहाँ विधि मिच्ने काम गरियो । हामीले यहीबाट विकास निर्माण र आर्थिक उन्नतिको दिशामा देशलाई लैजाउँ । हाम्रा छिमेकी देशहरु विकासको तिब्र गतिमा अगाडि बढिरहेका छन् । हामी पछाडि परिरहेका छौं । हाम्रो सोचले गर्दा, हाम्रो मानसिकताले गर्दा । हाम्रो राजनीति बरालिएको कारणले गर्दा हामीले ट्र्याक समात्न सकिरहेका छैनौं ।

त्यसकारण हामी राजनीतिलाई सही दिशातर्फ लैजानको लागि अगाडि बढ्नुपर्छ । आज हामी मिसन चौरासी भनिरहेका छौं । अहिले २०८१ छ । मिसन ८१ मा के गर्ने, मिसन ८२ मा के गर्ने, मिसन ८३ मा के गर्ने ? यो सब जनतालाई ठग्ने कुरा हो यो । मिसन जनता हो, मिसन सुशासन हो र मिसन आर्थिक विकास बनाउनुपर्दछ ।’

राजनीतिलाई सही दिशामा लैजान सकेमात्र मुलुकमा आर्थिक विकास सम्भव रहेको उनको भनाइ छ । उनले देशमा भएका भ्रष्टाचारको छानबिनको लागि शक्तिशाली आयोग गठनको गर्न समेत माग गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend