शनिबार, चैत्र २ २०८१

शनिबार, चैत्र २ २०८१

शीर्ष नेताहरुका कारण देशमा अस्थिरता बढ्यो : सांसद शर्मा

शीर्ष नेताहरुका कारण देशमा अस्थिरता बढ्यो : सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले शीर्ष नेताहरुका कारण देशमा अस्थिरता बढेको बताएकी छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अस्थिरताको कारण प्रतिनिधि सभामा आइपुगेको उत्पीडित समुदायका व्यक्ति नभएको बताइन् । उनले अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरु नभइ देश सञ्चालन गर्ने शीर्ष नेतृत्व रहेको टिप्पणी गरिन् । संविधान बनेदेखि नै संशोधनको औचित्य रहेको उनले बताइन् ।

उनले संविधान असंशोधनीय दस्ताबेज नभएको बताइन् । गठबन्धन परिवर्तनको राजनीतिक एजेण्डा संविधान संशोधन भएपनि अहिलेसम्म पुष्टि हुन नसकेको जिकिर गरिन् । उनले देशमापाँच वर्ष टिक्ने सरकार आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘शासकीय स्वरुप, निर्वाचन प्रणाली बदल्नुपर्छ । यो मलाई पनि लाग्छ र मेरो दलको मान्यता पनि हो । तर अस्थिरताको कारण प्रतिनिधि सभामा आइपुगेको उत्पीडित समुदायका मान्छेहरु होइनन् । यसरी सोच्यो भने यो गलत हुन्छ । हामी त झन्डै दुई तिहाईको बीचमा पुगेका नेकपाका मान्छे हौँ ।

एउटै पार्टीको झन्डै दुई तिहाई पुगे पनि त टिक्दो रहेनछ भन्नेकुरा त ०७४ को निर्वाचनपछि हामीले भोगेर आएका छौँ । अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरु हुन् वा यो देशलाई सञ्चालन गर्ने शीर्ष नेतृत्वहरु हुन् ? यहाँनेर खोजि गर्नुपर्ने जरुरी छ । अस्थिरताका कारक उत्पीडित समुदायका महिला, दलितहरु होइनन् । अस्थिरताका कारक यहाँ शीर्ष हौँ भन्ने नेताहरु हुन् ।’

सांसद शर्माले निर्वाचन प्रणाली अस्थिरताको कारण नभएको स्पष्ट पारिन् । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको पनि बताइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend