शनिबार, चैत्र २ २०८१

शनिबार, चैत्र २ २०८१

शेरा दरबार प्रकरणमा छानविन भईरहेको छ : सांसद थापा

शेरा दरबार प्रकरणमा छानविन भईरहेको छ : सांसद थापा

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै शेरा दरबार प्रकरणमा कानून र निकायहरुले छानविन गरिरहेको बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले शेरा दरबार काण्ड सतहमा आएको र यसबारे अध्यक्ष दाहालले ओठे जवाफ दिएको भन्दै ओठे जवाफले छानविन नहुने बताए । उनले छानविन गर्ने कानून र निकायहरुले छानविन गरिरहेको बताए ।

उनले देशमा भ्रष्टाचार भयानक रोगका रुपमा मौजुद रहेको भन्दै विभिन्न भ्रष्टाचारका प्रकरणहरु उचाल्ने तर अनुसन्धान नगर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए ।

उनले भने, ‘आज देशमा भ्रष्टाचार भयानक रोगका रुपमा मौजुद छ । अनेक काण्ड चर्चामा छन्, चर्चामा ल्याइएका छन् । ति उचालिन्छन्, सेलाउँछन् । काण्डहरु उचाल्ने मुख सत्तापक्षमा हुँदा चुपचाप रहन्छन् वा सरकार सञ्चालन गरिरहँदा मौन बस्छन् । विपक्षमा पुग्दा चुलबुल गरिरहेको पाइन्छ । २० महिनासम्म देशमा कुनै काण्ड र भ्रष्टाचार थिएन जस्तो गरेर बोल्ने, मानौँ राम राज्य थियो जस्तो गर्ने मुखहरु अहिले बढी सक्रिय भएको पाइन्छ । ति काण्ड त्यतिबेला पर्दाभित्र राखिएका थिए, बोलिएका थिएनन् ।

स्वार्थमा सौदाबाजी गरिएका थिए की के थिए ? छानबिन कहाँ भएका थिए ? म सोध्न चाहन्छु, यती, ओम्नी केके भन्नुहुन्छ, २० महिनासम्म कहाँ छानविन गरियो ? आज बलपूर्वक भन्नुस् वा अनिच्छावस भन्नुस् सरकारबाट बाहिरिनुपर्दा ति फेरि जम्जमाउन थालेका छन् ।

शेरा दरबार काण्ड आदि सतहमा आएका छन् । ओठे जवाफ दिनेगरी मलाई छानविन गरियोस् भनिएको छ । छानविन ओठे जवाफका आधारमा हुँदैन । छानविन गर्ने कानून र निकायहरुले गर्दछन् । कानून र निकायहरुले तिनलाई हेरिरहेका छन् ।’

उनले झन्डै दुई अर्ब भ्रष्टाचारको मुद्दा दायर गरिसकेको व्यक्तिलाई प्रतिपक्ष दलका नेताले प्रतिशोध भनेर भाषण गर्नेकुरा भ्रष्टाचारको ढाकछोप हो की होइन ? भन्दै प्रश्न गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend