शनिबार, चैत्र २ २०८१

शनिबार, चैत्र २ २०८१

सरकारले जवाफ नदिए संसदभित्रै आन्दोलन गर्ने माओवादी सांसदको चेतावनी

सरकारले जवाफ नदिए संसदभित्रै आन्दोलन गर्ने माओवादी सांसदको चेतावनी

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले सिरहाको नवराजपुरमा भएको सामुहिक बलात्कारपछि हत्या प्रकरणमा सरकारले जवाफ नदिए संसदमै आन्दोलन गर्ने घोषणा गरेका छन् ।

आईतबारको सभाको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले बलात्कारपछि हत्या भएको १५ दिन भइसक्दासमेत सरकारले कुनै जवाफ नदिएको र अपराधी पक्राउ नपरेको भन्दै आपत्ति जनाए ।

सरकारले संसदमा बोलेका कुराहरुको कार्यान्वयन नगरे संसदभित्रै आन्दोलन गर्ने उनको चेतावनी थियो ।

उनले भने, ‘संसदमा उठाएका कुराहरुको कार्यान्वयन हुँदैन भने जनतालाई हामीले के भन्ने । पटक पटक कुरा उठाइयो । सिरहा जिल्लाको नवराजपुरको घटनाको विषयमा १५ दिन भइसक्यो । बलात्कारको घटना भएको । अहिलेसम्म सरकारले संसदमा आएर जवाफ दिन सक्नुभएको छैन । न तपाईंको अहिलेसम्म प्रहरीले समात्न सकेको छ । आजदेखि म संसदमै आन्दोलन गर्छु, जवाफ दिएन भने, कारबाही भएन भने । दलित हक अधिकारको लागि आन्दोलन गर्छु ।’

उनले सरकारले नसुने दलित हक अधिकारको लागि आन्दोलन गर्ने पनि बताए । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंककुमारी सदाको सामुहिक बलात्कारपछि हत्या भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend