शनिबार, चैत्र २ २०८१

शनिबार, चैत्र २ २०८१

सरकारले संसदको झ्याल, ढोका बन्द गरेर अर्को गिरिबन्धुको लागि अध्यादेश ल्यायोः सांसद सुवेदी

सरकारले संसदको झ्याल, ढोका बन्द गरेर अर्को गिरिबन्धुको लागि अध्यादेश ल्यायोः सांसद सुवेदी

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले संसदमाथि सरकार हाबी भइरहेको बताएका छन् । राष्ट्रिय सभाको आईतबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले सरकारले अध्यादेश जारी गरेर संविधानद्वारा प्रदत्त विधायिकाको अधिकारमाथि हस्तक्षेप गरेको बताए । विधायिकाको अधिकार र प्रभावकारितामा अध्यादेश ल्याएर सरकारले अनुचित हस्तक्षेप गरेको उनको आरोप छ ।

सरकारले आफ्नो राजनीतिक उद्देश्य प्राप्तिको लागि अध्यादेशलाई अस्त्र बनाएको बताए । सरकारले संसदको झ्याल ढोका बन्द गरेर अध्यादेशमार्फत शासन चलाइ बहुमतको आडमा स्वेच्छाचारी, निरंकुश, अधिनायकवादी कदम चालेको उनले बताए ।

उनले भने, ‘अहिले संसदमाथि सरकार हाबी भइरहेको छ । सरकारले अध्यादेश जारी गरेर संविधानद्वारा प्रदत्त विधायिकाको अधिकारमाथि हस्तक्षेप गरेको छ । विधायिकाको अधिकार र प्रभावकारितामा अध्यादेश ल्याएर सरकारले अनुचित हस्तक्षेप गरेको छ । सरकारले आफ्नो राजनीतिक उद्देश्य प्राप्तिको लागि अस्त्र बनायो अध्यादेशलाई । सरकारले संसदको झ्याल ढोका बन्द गरेर अध्यादेशमार्फत शासन चलाएर बहुमतको आडमा स्वेच्छाचारी, निरंकुश, अधिनायकवादी कदम चाल्यो ।’

उनले लोकतन्त्र विधिको शासन भएकाले कानून संसदले बनाउने र कार्यान्वयन सरकारले गर्ने भएपनि सरकारले नै कानून बनाउन थालेको बताए । सरकारले कानून बनाए संसदले के काम गर्ने ? भन्दै प्रश्न गरे । अध्यादेशहरु भूमाफिया, विचौलियाहरुको पक्षमा रहेको उनले बताए । उनले भूमि सम्बन्धी अध्यादेश अर्को कुनै गिरिबन्धुको लागि आएको हुनसक्ने आरोप लगाए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend