
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पाथीभरामा केबलकार निर्माणमा सरकारले सहजीकरण गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पाथीभरामा केबलकार निर्माणमा देखिएको समस्या समाधान गर्न थालिएको वार्ता कहाँसम्म पुग्यो ? भनेर सरकारसँग जानकारी माग गरे ।
साथै, स्थानीयको संस्कृति संरक्षण गर्न पनि उनले माग गरे । पौडेलले निजी क्षेत्रलाई काम गर्न तथा सहजीकरण गर्न व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेसमेत बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend