
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरको चलखेल मिसिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिने राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास रहेको उनले बताए ।
संसदमा बोल्दै उनले सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति मोहभंग बढाउँदै लगेको बताए ।
उनले आठ महिनाअघिसम्म देशमा त्यस्तो ठूलो असन्तोष नभएको र माइतीघर मण्डला पनि लगभग खाली हुँदै गएको बताए ।
उनले जनताको बलिदानबाट प्राप्त उपलब्धलाई उल्ट्याउन कोसिस भइराखेको बताउँदै सरकार र राजावादीविरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको बताए ।
उनले भने, ‘हामीले एकातिर सरकारका गलत क्रियाकलापका विरूद्ध र अर्कातिर प्रतिगामी चलखेलकाविरूद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति सिर्जना भयो ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend