शनिबार, चैत्र २ २०८१

शनिबार, चैत्र २ २०८१

‘प्रमुख प्रतिपक्ष दलका नेताले सदनमा बोल्दा प्रधानमन्त्रीको अनुपस्थिति घमण्ड हो कि, संस्कारहीनता हो कि, कुण्ठा ?’

‘प्रमुख प्रतिपक्ष दलका नेताले सदनमा बोल्दा प्रधानमन्त्रीको अनुपस्थिति घमण्ड हो कि, संस्कारहीनता हो कि, कुण्ठा ?’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सदनमा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली लगातार अनुपस्थित बनेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दलका नेताले सदनमा बोल्दा प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति घमण्ड हो कि ? भन्दै प्रश्न गरे ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई संसदमा उपस्थित हुन नदिइएकोमा पनि उनले आक्रोश व्यक्त गरे ।

संसद प्रचण्डले भने, ‘प्रमुख प्रतिपक्ष दलका नेताले सदनमा बोल्दा प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति घमण्ड हो कि, संस्कारहीनता हो कि कुण्ठा ? त्यसको जवाफ आफैं खोज्नुहोला ।’

अघिल्लोपटक प्रचण्डले सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए ।

प्रचण्डले अर्को प्रतिपक्षी दलको नेता रबिलाई निलम्बन गरिएको भन्दै हिरासतमा नरहेको नेतालाई सदनमा आउन दिने प्रचलन पहिले स्थापित गरिसकेको बताए । उनले संसदमा रबिलाई प्रवेश दिनुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend