
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो ८ महिनामा भएका सबै नीति, निर्णय र नियुक्तिमा विचौलियाको हस्तक्षेप भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले पछिल्लो आठ महिनामा बिचौलिया नजोडिएको एउटा नीति, निर्णय र नियुक्ति देखाउन सरकारलाई चुनौतीसमेत दिए ।
प्रचण्डले दुई तिहाइको घोडा बिचौलियाले चलाइरहेको बताए ।
उनले भने, ‘अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथीहरूले बडो घमण्ड गरेको सुनिन्छ। सरकार यो गर्दैछ, सरकारले त्यो गर्दैछ। तर दुई तिहाइको सरकारको घोडा कसले दौडाएको छ ?’
उनले सरकारको दुई तिहाइको घोडा, सरकारका मन्त्री र प्रधानमन्त्रीले नभई बिचौलियाले चलाएको बताए । उनले भने, ‘तपाईंहरूले गर्ने नियुक्ति, तपाईंहरूले गर्ने सेटिङ तपाईंहरूले गरेको मचाहिँ देख्दिनँ । बिचौलियाहरू, उनीहरूले गरेको निर्णयानुसार भएको देखेको छु । म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला आठ महिनामा एउटै नीति, एउटै निर्णय र एउटै नियुक्ति मलाई भनिदिनुस् जसका पछाडि बिचौलिया छैन । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend