शनिबार, चैत्र २ २०८१

शनिबार, चैत्र २ २०८१

मन्त्री उपस्थित नहुँदा माओवादीको आपत्ति, प्रतिनिधिसभा बैठक स्थगित

मन्त्री उपस्थित नहुँदा माओवादीको आपत्ति, प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बैठकमा मन्त्री उपस्थित नहुँदा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाएपछि प्रतिनिधिसभाको बैठक सुरु नहुँदै स्थगित भएको हो ।

बैठकमा सरकारका मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा मन्त्री उपस्थित नरहेको विषय ध्यानाकर्षण गराए । पाण्डेले सभामुख देवराज घिमिरेले बैठक सुरु भयो भन्ने वित्तिकै सरकारका प्रतिनिधि बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाए ।

त्यसपछि सभामुख घिमिरेले नियमावलीमा भएको व्यवस्थाअनुरुप सरकारको प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरे ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend