
काठमाडौं। ब्रिटिस काउन्सिलको नेपालको प्रमुख व्यावसायिक साझेदार अर्बिट एमबीबीएसको टोलीले क्याम्ब्रिज विश्वविद्यालयको भ्रमण गरेको छ।
अर्बिटका अध्यक्ष सुनिल रेग्मी नेतृत्वको टोलीले क्याम्ब्रिजको भ्रमण गरेको हो। टोलीले क्याम्ब्रिजका पदाधिकारीसँग परिचयात्मक छलफल गरेको छ।
छलफलका क्रममा रेग्मीले आईईएलटीएसको परीक्षा अन्तर्गत स्पिकिङमा देखिएको भिन्नता र हल्लाका विषयमा ध्यानाकर्षण गराए। उनले आईईएलटीएस परीक्षा दिंदा हुने डाटा चोरी र त्यसको पहुँच कन्सल्टेन्सीसम्म पुग्ने कुराप्रति पनि ध्यानाकर्षण गराएका छन्।
रेग्मीको ध्यानाकर्षणपछि विश्वविद्यालयका पदाधिकारीले परीक्षालाई थप मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाए।
क्याम्ब्रिजको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख बेन वेकफोर्डले रेग्मीले ध्यानाकर्षण गराएको विषयमा सत्यतथ्य पत्ता लगाउन क्याम्ब्रिजका आईएलटीएस साझेदारहरुबीच छलफल चलाउने बताए।
रेग्मीले क्याम्ब्रिजका पदाधिकारीलाई नेपाल भ्रमणको निम्ता दिएका छन्।
अर्बिटले करिब ६ महिनाअघि ब्रिटिस काउन्सिलबाट उत्कृष्ट व्यावसायिक साझेदारको रुपमा प्लाटिनम अवार्ड पाएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend