काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दुईजना मुख्य न्यायाधीशहरूलाई सर्वोच्च अदालतमा नियुक्त गरेकी छिन्।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै न्यायाधीशहरू कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको जानकारी दिएको हो।
गत फागुन २८ गते न्याय परिषद्ले चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गर्न सिफारिस गरेको थियो।