काठमाडाैं । बाढी पहिरोबाट आहत सुदूरपश्चिमको स्थलगत अवलोकन गर्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सुदूरपश्चिम पुगेका छन् । सुदूरपश्चिम पुगेर उनले पीडितलाई प्याकेजमा राहत दिन सरकारलाई आग्रहसमेत गरेका छन् ।
पीडितको दुःख बुझ्न आएको बताउँदै पौडेलले प्याकेजमै राहत बाँढ्नुपर्ने भन्दै सरकारलाई आफूले यस विषयमा घचघच्याउने पनि बताए ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकोप्टरवाट भ्रमण गरेर फर्किएका थिए ।
पीडितको अवस्था बुझ्न आइपुगेका पौडेलले पार्टी महाधिवेशन तालिका प्रभावित भएकोमा गुनासो गर्दै अझै पनि तालिका बनाएर अधिवेशनका कामलाई निरन्तरता दिन सकिने पनि बताए ।