सिरहा । सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ९ मुसहर्नियामा डोजरले किचेर एक बालकको मृत्यु भएको छ । सडक निर्माणकार्यमा सम्लग्न चाइना रेलवे कम्पनीको डोडरले किचेर आज अपरान्ह स्थानीय संदिप मोक्तानको ९ वर्षिय छोरा सिद्धार्थ मोक्तानको मृत्यु भएको हो ।
सडक पेटिमै खेलिरहेका बालकको डोजर व्याक गर्ने क्रममा किचेर घटनास्थलमै मृत्यु भएको स्थानीय उमेश यादबले जानकारी दिए । जिल्ला प्रहरी कार्यलय सिरहाका अनुसार प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको र चालक नियन्त्रणमा लिएको जनाएको छ ।
शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाए छ।