नवलपुर । नवलपुरमा भएको खानेपानी संस्थाको चुनावमा सत्तारुढ गठबन्धन पराजीत भएको छ । सत्तारूढ दलहरू सबै एकातिर र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एकातिर हुँदा पनि खानेपानीको चुनावमा एमाले उम्मेदवार दुई तिहाइ मतसहित विजयी भएका छन ।
संस्थाको अध्यक्षमा सत्तारूढ गठबन्धन अर्थात नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा चुनाव लडेका उम्मेदवार पराजित भएका छन ।
खानेपानीको चुनाव ६ वडाको नौ वटा ब्लकमा भएको चुनावमा अधिकांश पदमा एमालेकै उम्मेदवार भारी मतले विजयी भएका छन ।
निर्वाचन समितिका अनुसार नेकपा एमालेको तर्फबाट प्रतिस्पर्धा गरेका खिमानन्द भुसाल अध्यक्षमा अत्याधिक मतसहित विजयी भएका छन् । भुसालले २ हजार ४ मत प्राप्त गरी बिजयी प्रतिद्धन्द्धी कांग्रेसका नारायणप्रसाद पौडेलले १४४५ मत प्राप्त गरी पराजीत भएका हुन् । गठबन्धनका उम्मेदवार पौडेलले ५५९ मतान्तरले पराजित भएका हुन ।