logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • नेकपा एमाले मुगुको अध्यक्षमा मल्ल निर्विरोध निर्वाचित 

    नेकपा एमाले मुगुको अध्यक्षमा मल्ल निर्विरोध निर्वाचित 

    4K
    Shares

    मुगु । नेकपा (एमाले) मुगुको आठौं जिल्ला अधिवेशनले जीतबहादुर मल्ललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । नेकपा एमाले मुगु जिल्लाको आठौं अधिवेशनबाट मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । 

    यसैगरी उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ पनि निर्विरोध निर्वाचित भएका छन् ।

    नेकपा एमाले मुगु जिल्लाको आठौं अधिवेशनबाट अध्यक्षमा मल्लसहित समावेशी रुपमा ९० सदस्यीय जिल्ला कमिटीको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको नेकपा एमाले मुगुका जिल्ला इन्चार्ज तथा कर्णाली प्रदेश सह(इन्चार्ज मोहन बानियाँले बताए ।

    विगत लामो समयदेखि एमालेमै रहेर जिल्लास्तरमा सक्रिय राजनीति गर्दै आएका मल्ल अहिले फेरि अध्यक्ष पदमा चयन भएका हुन् । पुस २३ गते तोकिएको एमालेको जिल्ला अधिवेशन हिमपात र वर्षात्‌ले गर्दा पुस २७ गते सारिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend