काठमाडौं । केही समययता पल शाह र गायिका समीक्षा अधिकारी एक अर्कासँग नजिकिएको खबर चर्चामा थियो । अभिनेता पल शाहसँगको अन्तरंग सम्बन्धलाई लिएर गायिका अधिकारीले यथार्थ सार्वजनिक गर्ने चेतावनी सहितको स्ट्याटस लेखेकी छन्।
गायिका अधिकारीले यसअघि पल संगको सम्बन्ध बारे आफुले लेखेको स्टाटस वास्तविकताभन्दा टाढा रहेको र वास्तविकता अर्कै रहेको भन्दै त्यो कसैको करकापमा लेखेको भन्दै घुमाउरो भाषामा पल शाहले आफुलाई त्यस्तो लेख्न बाध्य पारेको जनाउ दिएकि छन् ।
उनले लेखेकी छन् ”म लामो केहि भन्दिन् २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ।जुन कसैको अनुनयमा लेखेको थिए। अब समय आउदैछ, यथार्थ खुलाउनेछु।”
सम्झनाका अनुसार पल शाहले उनलाई निकै दुख दिईरहेको बुझिन्छ।