काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज (बुधवार) भइरहेको राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनहरुले जित्ने दाबी गरेका छन् । उनले स्थानीय तहको चुनाव संविधान र कानूनअनुरुप हुनुपर्ने बताएका हुन् ।
बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताए । उनले सत्तारुढ दलहरुबीच एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग बिस्तृत छलफल गरिरहेको बताए ।