logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कृषिलाई दीर्घकालीन रुपमा अगाडि बढाउने कुरामा स्थानीय सरकारको दृष्टिकोण देखिएन: संयोजक अधिकारी

    कृषिलाई दीर्घकालीन रुपमा अगाडि बढाउने कुरामा स्थानीय सरकारको दृष्टिकोण देखिएन: संयोजक अधिकारी

    8.8K
    Shares

    काठमाडौं । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले सरकारले वास्तविक किसानलाई नछुने नीति बनाएर किसानहरुको पहिचानमाथि नै प्रहार गरिरहेको आरोप लगाए । आईतवार खाद्यका लागि कृषि अभियानले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै संयोजक अधिकारीले यस्तो बताउनु भएको हो ।

    उनले कृषिलाई दीर्घकालीन रुपमा अगाडि बढाउने कुरामा स्थानीय सरकारहरुको दीर्घकालीन दृष्टिकोण नदेखिएको बताए । संयोजक अधिकारीले आगामी आसन्न स्थानीय तहको निर्वाचनमा हरेक पार्टीले आफ्नो घोषणापत्रमा कृषिलाई प्राथमिकतामा राख्नुपर्ने र प्राङ्गरिक कृषिलाई बढाउनु कुरामा जोड दिन आवश्यक रहेको बताए । उनले केही दलहरुका पार्टीका घोषणापत्रमा आगामी १० वर्षमा नेपाललाई प्राङ्गरिक देश बनाउने भनिएपनि रासयनिक मल कारखाना खोल्ने कुरामा पनि त्यत्तिकै जोड दिएको बताए । संयोजक अधिकारीले नेपालमा रैथाने बीउबिजनहरु ध्वस्त भएको भन्दै कृषिलाई बचाउने कुराको सबैले मनन गर्नुपर्ने बताए ।

    संयोजक अधिकारीले आजका किसान सरकारले बनाउन खाजेको कृत्रिम किसान भएको भन्दै वास्तविक किसानहरु अझै पनि सरकारको मापदण्डमा नरहेको उल्लेख गरे । उनले सरकारले वास्तविक किसानलाई नछुने नीति ल्याउँदा वास्तविक किसानहरुको मनोबल घट्दै गएको र आज किसान भनेको एउटा कम्पनी जस्तो भएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend