logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • पल शाह प्रकरण: कानुन व्यवसायीहरू भन्छन्, पीडितले बयान फेर्दैमा उन्मुक्ति पाउन कठिन छ

    पल शाह प्रकरण: कानुन व्यवसायीहरू भन्छन्, पीडितले बयान फेर्दैमा उन्मुक्ति पाउन कठिन छ

    9.1K
    Shares

    काठमाडौं । पीडितले बयान फेर्दैमा बलात्कार आरोपी पल शाहले उन्मुक्ति पाउने भने कठिन रहेको कानुन व्यवसायीहरूले बताएका छन्  । १८ वर्षमुनिका बालिकासँग सहमतिमै सम्बन्ध राख्दा पनि बलात्कारसरह हुने कानुनी व्यवस्था छ । १८ वर्षमाथिको पीडित भएको अवस्थामा उसको बयानलाई मुख्य आधार मानिने भए पनि नाबालिकाको हकमा अदालतले अन्य प्रमाणसमेत हेर्ने गर्दछ ।

    यो घटनामा अभिनेता पल शाहविरुद्ध परिस्थितिजन्य प्रमाण तथा अडियोले समेत सम्बन्ध कायम भएको आधार दिएकाले शाहलाई उन्मुक्ति पाउन कठिन हुने प्रहरी अधिकारीहरूको दाबी छ । १४ वैशाख ०७८ मा तनहुँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदीप थापाको घरमा शाहले बलात्कार गरेको भनेर पीडितको जाहेरी परेको थियो । नवलपुरमा पनि उनीविरुद्ध अर्को मुद्दा दायर छ ।

    जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै अभियोग पत्र दर्ता गरेको थियो । गत २२ चैतमा राजपत्रमा प्रकाशित यौनहिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा भनिएको छ, ‘जबर्जस्ती करणीसम्बन्धी मुद्दाको झुटा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई जबर्जस्ती करणीसम्बन्धी कसुर गर्ने कसुरदारलाई हुने न्यूनतम सजायको आधा सजाय हुनेछ ।’

    बालिका ‘होस्टायल’ भएको हो कि भन्ने देखिन्छ
    राधिका खतिवडा, अधिवक्ता
    बलात्कार घटनाका पीडित बालिकासँग बकपत्र लिने काम सुरु भएको छ । पहिलो दिनको बकपत्र सुन्दा नाबालिकाले बयान फेरेको जस्तो देखिन्छ । प्रहरीसँग दिएको बयान र उनले जाहेरीमा लेखेको विवरणको संगति बकपत्रमा भेटिएन । त्यसो हुँदा बालिका विपक्षीबाट ‘होस्टायल’ भएको हो कि भन्ने देखिन्छ । तर, बकपत्र सकिएको छैन । यो बल्ल सुरु भयो । अझै धेरैसँग बकपत्र गर्नु छ । त्यसो हुँदा आत्तिनुपर्ने केही छ जस्तो लाग्दैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend