logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • आज २०७९ बैशाख ०६ मंगलवार को राशिफल

    आज २०७९ बैशाख ०६ मंगलवार को राशिफल

    5.9K
    Shares

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबार र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ र मङ्गल कार्यको योजना बन्नेछ । राज्य र समाजबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामान हराउने वा चोरी हुने भय छ । टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको र गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सानातिना बाधाअड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मानसिक चिन्ता बढेपनि श्रमको उचित मल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । रोकिएका काम भने यथावत् नै रहनेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज वरपरका इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेमी र प्रेमिकाको सहयोग मिल्नेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरको सामान्य मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज राज्यबाट सहयोग पाइनेछ । प्रेम सम्बन्ध कसिलो हुँदै जानेछ । सेयरबजार र कृषि कारोबारमा अधिक सफलता मिल्नेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतिष्ठा कमाउने बेला छ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शेयरबजारबाट लाभ मिल्नेछ । वैदेशिक कारोबारमा अधिक सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चलनेछ र सफल यात्रा पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend