logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • सत्तारुढ दलभित्रै सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य हुँदैन: अध्यक्ष नेपाल

    सत्तारुढ दलभित्रै सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य हुँदैन: अध्यक्ष नेपाल

    7K
    Shares

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र उनीहरुमाथि अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलार्ई लिएर जिल्ला जिल्लामा हुने गरेको रिर्पोट आएको उल्लेख गर्दै सैह्य नहुने बताएका हुन् ।

    मंगलबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी)सँग नेकपा (गौरवशाली) पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताए ।

    उनले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको र आम नेपाली जनताले पनि आफ्नो पार्टीलाई आशाको नजरले हेर्ने गरेको बताए । अध्यक्ष नेपालले पार्टीको पक्षमा जनलहर ल्याउने गरी चुनावको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend