logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिवद्धता अपरिहार्य: पम्फा भुसाल

    ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिवद्धता अपरिहार्य: पम्फा भुसाल

    6.6K
    Shares

    काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठक सम्पन्न भएको छ । बुधवार काठमाडौंमा भर्चुअलरुपमा भएको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिवद्धता अपरिहार्य भएकोमा जोड दिएकी थिईन् ।

    बैठकमा बिम्स्टेक मुलुकका करिव एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेका गम्भीर समस्यालाई सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासहरूमा स्पष्टता र उद्देश्यमा इमान्दारी अत्यन्त महत्वपूर्ण भएको बताईन् । विचार–विमर्शले बिम्स्टेक क्षेत्रमा ऊर्जा सहयोग अभिवृद्धि गर्न योगदान दिने विश्वास व्यक्त गर्दै उर्र्जामन्त्री भुसालले ऊर्जाको लागि पर्याप्त वित्त परिचालनका साथै प्रविधि हस्तान्तरणलाई बढावा दिनुपर्नेमा जोड दिएकी थिईन् ।

    जलवायु अनुकूलनका निम्ति छ किफायती, नवीकरणीय एवं दिगो ऊर्जा अहिलेको आवश्यकता भएको उनको भनाइ थियो । उर्जामन्त्री स्तरीय बैठकले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेको छ । बैठकले ग्रिड इन्टरकनेक्शन कोअर्डिनेसन कमिटि (बीजीआईसीसी) स्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै यसअघि भएको विद्युतीय प्रशारणलाइन सम्बन्धी समझदारी पत्रको कार्यान्वयन गर्ने पनि बैठकमा प्रतिवद्धता जनाइएको छ । एशियाली विकास बैंकको सहयोगमा कमिटिले बिम्स्टेक ग्रिड इन्टरकनेक्शन गुरुयोजना बनाउन बैठकले बीजीआईसीसीलाई निर्देशन गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend