logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • कांग्रेस र एमालेको चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग, ट्राफिक नियम उल्लङ्घन

    कांग्रेस र एमालेको चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग, ट्राफिक नियम उल्लङ्घन

    7K
    Shares

    जनकपुर । प्रमुख राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरेका छन् । राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोगसंगै ट्राफिक नियम उल्लङ्घन गरेका छन् ।

    निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी दर्ताको आज दोस्रो दिन जनकपुरधाम उपमहानगरपालिकामा उम्मेदवारी दर्ता गराउन आउने उम्मेदवारहरुले बालबालिकाको प्रयोग गरेका छन् ।

    निर्वाचन आचारसंहिता अनुसार बालबालिकाको प्रयोग गर्न नपाउने भएपनि उम्मेदवारहरुले बालबालिकाको प्रयोग गरेका छन् । नेपाली कांग्रेस, एमालेका वडाध्यक्षका उम्मेदवारहरु उम्मेदवारी गर्न आउँदा बालबालिकाको प्रयोग गरेका छन् ।

    बालबालिकाको प्रयोग मात्र नभई ट्राफिक नियमलाई समेत धज्जि उडाएका छन् । यस्तै, एउटै मोटरसाइकलमा तीन जना बसेको पाइएको छ भने केहीले हेल्मेटसमेत लगाएका छैनन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend