logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • ओली कालो मन भएको मान्छे हुन्, अरुलाई अनावश्यक आरोप लगाउनु सामान्य हो: गगन थापा

    ओली कालो मन भएको मान्छे हुन्, अरुलाई अनावश्यक आरोप लगाउनु सामान्य हो: गगन थापा

    7.8K
    Shares

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख छाड्नु नयाँ कुरा नभएको बताएका छन् । उनले ओली कालो मन भएको मान्छे भएकाले उनले अरुलाई अनावश्यक आरोप लगाउनु सामान्य भएको बताए ।

    ‘जसको मुखमा अँगार छ । उसले ओकल्ने कालै हो’, बुधबार आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘मैले भने यो कुनै नयाँ कुरा होइन । म त पार्टीको कार्यक्रममा थिएँ । त्यसपछि उहाँहरुले भन्नुभयो । तपाईँलाई त उहाँले पागल भन्नुभयो । मैले भनेँ ठीक छ । मैले फेरि हाम्रो टिमको साथीलाई फेरि भनेँ तपाईँलाई याद छ ? केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ ? केपी ओलीले झुट बोल्नुहुन्छ । कोही आँट भएको मान्छे आएर तपाईं झुट बोल्दै हुनुहुन्छ भन्यो भने उहाँले पागल भन्नुहुन्छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend