logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • भारतमा २४ घण्टामा तीन हजार ४५१ कोरोनाका नयाँ सङ्क्रमित, ४० को मृत्यु

    भारतमा २४ घण्टामा तीन हजार ४५१ कोरोनाका नयाँ सङ्क्रमित, ४० को मृत्यु

    4.7K
    Shares

    काठमाडौं । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २ हजार १९४ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ ।

    विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः केही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ । २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमितमध्ये एक हजार ४०७ राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा पाँच हजार ९५५ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ ।

    यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ६४ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित २० हजार ६३५ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।

    चौविस घण्टाको समयावधी अर्थात शनिबार मध्यरातिसम्म तीन हजार ७९ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ५७ हजार ५९५ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend