logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • थप २४ घण्टामा १७ जनामा कोरोना संक्रमण, २१ जना संक्रमणमुक्त

    थप २४ घण्टामा १७ जनामा कोरोना संक्रमण, २१ जना संक्रमणमुक्त

    6.4K
    Shares

     

    काठमाडौं । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४०१० जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएन ।

    मन्त्रालयका अनुसार चौबिस घण्टामा २२१० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ११९५२ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend