logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • एमाले कार्यकर्ताद्धारा राप्रपाका उम्मेदवार र उनकोको परिवारमाथि नै कुटपिट

    एमाले कार्यकर्ताद्धारा राप्रपाका उम्मेदवार र उनकोको परिवारमाथि नै कुटपिट

    7.1K
    Shares

    धनुषा । नेकपा (एमाले) कार्यकर्ताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारको परिवारमाथि नै कुटपिट गरेका छन् । सबेला नगरपालिका–४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँ र उनको घरपरिवारमाथि एमालेका कार्यकर्ताले मियाँ र उनको परिवारमाथि कुटपिट गरेका हुन् ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आज (सोमबार) विज्ञप्ति जारी गर्दै राप्रपा वडा सदस्यका उम्मेदवार र उनको घरपरिवारलाई एमालेका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवारसहित परिवारमाथि नै आक्रमण भएको उल्लेख गरेका छन् ।

    मियाँको परिवारका सात जना सदस्यमाथि एमालेले आक्रमण गरेको राप्रपाले दाबी गरेको छ । ‘यस घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपा जोडदार माग गर्दछ,’ प्रवक्ता श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend