logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • माओवादीका कार्यकर्ताद्धारा एमाले उम्मेदवारकी आमामाथि कुटपिट

    माओवादीका कार्यकर्ताद्धारा एमाले उम्मेदवारकी आमामाथि कुटपिट

    9.8K
    Shares

    काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरूले रोल्पाको सुनछहरी गाउँपालिकामा एमाले उम्मेदवारकी आमामाथि कुटपिट गरेका छन् । सुनछहरी गाउँपालिका–५ जैमाकसलाका एमालेबाट वडाध्यक्षका उम्मेदवार तीर्खबहादुर विष्टकी आमा ६७ वर्षीया सत्मा बुढाथोकीमाथि निर्घात कुटपिट गरेका हुन् ।

    माओवादीबाट वडाध्यक्षका उम्मेदवार देवीलाल रोकामगरको निर्देशनमा स्थानीय तानसरी विष्ट र श्याम विष्टले कुटपिट गरेको पीडितहरुले बताएका छन् ।

    चुनाव प्रचारका क्रममा टोलमै आएका उनीहरुले घरबाहिर बोलाएर कुटपिट गरेको पीडित सत्माले बताएकी छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend