logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुहाना, प्रताप दासदेखि कुमार कट्टेल मतदान गर्न पाउँदा उत्साहित, कहाँबाट गर्दैछन मतदान ?

    सुहाना, प्रताप दासदेखि कुमार कट्टेल मतदान गर्न पाउँदा उत्साहित, कहाँबाट गर्दैछन मतदान ?

    9.1K
    Shares

     

    काठमाडौं । पहिलोपटक मतदान अधिकार प्रयोग गर्न लागेका कतिपय सेलिब्रिटी उत्साहित देखिएका छन् ।

    ‘ए मेरो हजुर’ फेम्ड अभिनेत्री सुहाना थापाले पहिलोपटक भोट हाल्दैछिन् । उनले काठमाडौं बुद्धनगरमा रहेको मतदान केन्द्रबाट मतदान गर्दैछिन् । बुवा तथा निर्माता सुनिलकुमार थापा र आमा तथा निर्देशक झरनासँगै सुहानाले मतदान गर्ने भएकी हुन् ।

    ‘नेपाल आइडल’ फेम्ड गायक प्रताप दासले पनि पहिलोपटक मतदान गर्दैछन् । शुक्रबार बिहानै मतदान केन्द्र पुगेर भोट हाल्न आफू आतुर रहेको प्रतापले बताए । उनको निर्वाचन क्षेत्र ललितपुरको गोदावरी नगरपालिका हो ।

    पहिलोपटक भोट हाल्न लागेकोबारे गायक दासले भने, ‘निकै एक्साइटेड छु । जीवनमा पहिलोपटक भोटको अनुभवलाई लिएर उत्साहित छु । परिवारसँगै गएर भोट हाल्नेछु ।’

    ‘मेरी बास्सै’ फेम्ड अभिनेता कुमार कट्टेल जिग्री ब्रोले झापा गौरादह नगरपालिका–२ स्थित अमर माविबाट पहिलोपटक मतदान गर्ने भएका छन् । पहिलोपटक मतदान गर्ने अवसर जुरेको उनले बताए ।

    शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend