logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • भरतपुरको समृद्धिका लागि पनि मतदाताले जिताउनेछन् भन्नेमा विश्वस्त छु: रेनु दाहाल

    भरतपुरको समृद्धिका लागि पनि मतदाताले जिताउनेछन् भन्नेमा विश्वस्त छु: रेनु दाहाल

    4.7K
    Shares

     

    चितवन । भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेनु दाहालले आफू जित्नेमा विश्वस्त रहेको बताएकी छन । आज भरतपुर महानगरपालिकामा रहेको मतदान स्थलबाट स्थानीय निर्वाचनको मतदान गरेकी उनले भरतपुरको समृद्धिका लागि पनि आफूलाई मतदाताले जिताउने दाबी गरिन् ।

    मेयर प्रत्यासी दाहालले जितपछि भरतपुरलाई देशकै नमूना शहर बनाउने दाबी दोहोर्याइन् ।

    ‘हामी संघीयतापछिको दोस्रो स्थानीय तहको निर्वाचनमा छौँ । जनताले विगतको कामको मूल्यांकन र भरतपुरको आगामी समृद्धिको लागि मलाई जिताउनुहुनेछ । भरतपुर देशको एउटा नमूना शहर बनाउने कुरालाई बुझेर त्यो उद्देश्यका साथ मेरो उम्मेदवारी हो । गठबन्धनले जित्नेमा म शतप्रतिशत ढुक्क छु,’ मतदानपछि सञ्चारकर्मीसँग दाहालले भनिन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend